Fast Nepal News
Before Breaking News

सदाको लागी बिदा भए नविन्द्रराज जोशी

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।करिब २० दिनको निरन्तर उपचारपछि मंगलवार साँझ उनको स्वास्थ्य अवस्था नाजुक देखिएको र सुधारको सम्भावना कम भएको अस्पतालले परिवारलाई बताएको थियो ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका थिए।                                                                                                                                        २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.