Fast Nepal News
Before Breaking News

जापानमा आज देखि कोरोना भाइरस कोभिड १९ को खोप लगाउन सुरु

जापान । जापानमा आज देखि कोरोना भाइरस कोभिड(१९ को खोप लगाउन सुरु भएको छ । अमेरिकि कम्पनिले उत्पादन गरेको कोभिड(१९ खोप गत साता मात्रै जापान आइपुगेको थियो ।

जापानको राजधानी टोकियोमा पहिलो डोज स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर औपचारिक रुपमा खोपको सुरुवाद गरिएको छ । जापानी सरकारले २ दिन अघि मात्रै १६ बर्ष पुगेका नागरिकले खोप लगाउन सक्ने मापदन्ड तयार गरी खोपलाई अनुमती दियको थियो ।

स्वास्थयका हिसाबले गर्भवती महिलाहरुले उक्त खोपको लाभ लिन पाउने छैनन् । तर लगाउन चाहेमा भने स्थानिय कर्मिको सल्लाह र सुजाब र मार्ग निर्देशन अनुसार खोप लगाउन सक्ने छन् ।

उक्त खोप लगाएपछि सामान्य टाउको दुख्ने, हल्का ज्वरो आउने, थकान महसुस हुने र खोप लगाएको ठाउमा हल्का सुन्निने साइड इफेक्ट’ देखिने सरकारी अधिकारीहरुले जानकारी दियका छन् ।

खोप लगाएका ब्यक्तीहरुमा नकरात्मक असर परे नपरेको नियमित चेकजांच गरिने जापान सरकारले जानकारी दियको छ । मार्च महिनाको मध्य सम्ममा ३७ लाख नागरिकलाई आवश्यकता अनुसार खोप उपलब्ध गराउने जापान सरकारको तयारी छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.