Fast Nepal News
Before Breaking News

दुबईले विशिष्ट प्रतिभा र क्षमता भएका विदेशीलाई नागरिकता प्रदान गर्ने

दुबई,१८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) ले विशिष्ट प्रतिभा र क्षमता भएका विदेशी नागरिकलाई अफ्नो देशको नागरिकता प्रदान गर्ने भएको छ । नागरिकता सम्बन्धी कानूनलाई संशोधन गर्दै युएईले यस्तो व्यवस्था लागु गर्न लागेको हो ।

शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई सिटिजनसिप प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताएका छन् ।

हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ ।’

 

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.