Fast Nepal News
Before Breaking News

पोर्चुगलमा चार तलाबाट हाम फालेर एक नेपालीले गरे आत्महत्या !

पोर्चुगल: पोर्चुगलबाट नेपाल फर्किन टिकट काटेर बसेका एक ३० बर्षका नेपाली युवकले नेपाल फर्किनु एक दिन अगाडी लिस्बनको एक होस्टेलको चार तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।

नेपालमा सुदुर पश्चिम बझाङ घर भएका ३० बर्षीय सुरत कुँवरको आज ८ जनवरी नेपाल घर फर्किने हवाई टिकट थियो । उनी नेपालमा आमाबाबालाई भेट्न जान चारदिन देखि लिस्बनको उक्त होस्टलमा बस्दै आएका थिए।

पोर्चुगलमा चार बर्षको निकै दुःख र संघर्ष गरेर आवासिय बैधानिकता पाएका उनि निकै हतास र डिप्रेशनमा रहेको उनका उनका नजिकका आफन्तले बताएका छन्।

आज दिउँसो अन्दाजी ३:३० बजेतिर होस्टलको चार तला माथिबाट प्यासेजमा हाम फाल्दा उनको घटनास्थलमा नै मृत्युु भएको प्रहरीले जनाएको छ।

आत्महत्या गर्नु केही समय अघि उनले नेपालमा परिवार आफन्तसँग कुराकानी समेत गरेको उनका आफन्तले बताएका छ्न। आत्महत्या अघि उनले आमालाई सम्झिदै एक मार्मिक स्ट्याटस आफ्नो फेसबुकमा शेयर गर्दै आमासंग माफी माग्दै होस्टेलको चौथो तलाबाट हाम फालेका थिए।उनले आत्महत्या गर्नुअघि आमालाई सम्झिदै फेसबुकमा स्टाट्स सेयर गरेका थिए ,
” मिल्ने भए दुःख हटाइ खुशी किन्थे आमा,
आफ्नो को हुन्, पराई को हुन्, सबै चिन्थे आमा !
तिम्रो दुधको भारा कसरि तिर्नु म ,
लाग्ने भए मेरो आयु थपिदिन्थे आमा !! ”

पोर्चुगलमा पछिल्लो २ सातामा ४ जना नेपालीले ज्यान गुमाएका छन्। दुई जनाको कोरोना संक्रमणबाट उपचारकै क्रममा मृत्यु भएको छ भने एक १ बर्षीय बालकको ब्लड क्यान्सरका कारण उपचारकै क्रममा निधन भएको छ।

दुई साता नबित्दै ४ जना नेपालीको असामयिक निधनले पोर्चुगलको सिंगो नेपाली समुदाय स्तब्ध र शोकमा छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.