Fast Nepal News
Before Breaking News

भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना : पाइलटको मृत्यु

भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको हो।

तालिमका क्रममा रहेको जहाज दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।

यो वर्ष भारतीय वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको यो तेस्रो घटना हो।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.