Fast Nepal News
Before Breaking News

तलब बढाउने कसरतमा जापानी प्रधानमन्त्री सुगा

टोकियो । जापानले सकेसम्म छिटै औसत न्यूनतम् तलब बढाउन खोजेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार सकेसम्म छिटै घन्टाको न्यूनतम औसत तलब बढाएर हजार येन (९ डलर) बनाउन खोजेको बताएका छन् ।

अहिले कोरोना भाइरसको महामारीका कारण साना तथा मझौला आकारका कम्पनी (एसएमई)हरु मा’रमा परेका छन् । यस कदमको उनीहरुले चर्को विरोध गर्नेछन् । महामारीका कारण एसएमईहरुलाई बाँच्नै गाह्रो भइरहेको बेलामा यस्ता कदम चाल्न लागिएको छ ।

नीतिनिर्माताहरुले भने महामारीका कारण छाएको मन्दीबाट पुनःबहालीलाई टेवा दिन तलब बढाउन खोज्दैछन् । देशभर छिट्टै नै औसत न्यूनतम् तलब हजार येनमा ल्याइने हाम्रो लक्ष्य छ । सुगाले शीर्ष आर्थिक सल्लाहकार समितिको बैठकमा भने । यसको समयसीमा भने उनले तोकेका छैनन् ।

प्रधानमन्त्रीको निजी क्षेत्रको सल्लाहकारहरुले पनि अर्थतन्त्रको आधा भन्दा धेरै हिस्सा ओगट्ने निजी खपत बढाउन न्यूनतम् तलब बढाउन अनुरोध गरेका छन् । महामारी विरुद्धको ल’डाईमा उच्च खर्चका कारण जापानको सार्वजनिक कर्जा भार झनै बढेको छ ।यस्तोमा आर्थिक तथा वित्तीय नीति परिषद्का चार जना सल्लाहकारले पनि सरकारलाई बजेट–सन्तुलनको लक्ष्यमा अडिग भइरहन अनुरोध गरेका छन् ।

यिनीहरुको प्रस्ताव सरकारको मध्य वर्षिय नीति निर्देशिकामा झल्किनेछ । खोप अभियानको सहयोगमा अर्थतन्त्र सामान्य अवस्थामा गइरह्यो भने कूल गार्हस्थ्य उत्पादन छिटोमा यही शरद ऋतुमा महामारी पूर्वको अवस्थामा फर्किने अपेक्षा गरिएको सल्लाहकारहरुले बताएका छन् ।

सन् २०१७ देखि सन् २०१९ को आर्थिक वर्षहरुमा औसत तलब एक वर्षमा ३ प्रतिशतले बढेको छ । तर महामारीका कारण कम्पनीहरुको मुनाफा प्रभावित भएसँगै गत वर्ष वृद्धि रोकियो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.