किम्भे प्रोडक्सन नामक युट्युब च्यानल मार्फत मेलिना राईको स्वरमा रहेको “कस्को मुटु कति दुख्छ …”बोलको गीतको भिडियो रिलिज भएको छ । यस गीतमा शब्द कमल के.सीको,एरेन्जर राजेश कुमार श्रेष्ठ, संगीत अश्मी रिशालको र निर्देशन यज्ञराज पराजुलीको रहेको छ भने प्रेम सुनामको कोरियोग्राफी रहेको छ।
गीतको छायांकन तथा सम्पादन जय कामतको रहेको छ भने यस गीतमा डा.पवन मेहत र एन्जल श्रेष्ठको अभिनय देख्न पाईन्छ । लोकेन्द्र शाहले निर्माण गरेको यस गीतलाई हिजोबाट सार्वजनिक गरिएको किम्भे प्रोडक्सनका प्रमुख तारा थापा ‘किम्भे’ले जानकारी दिए ।