Fast Nepal News
Before Breaking News

आमिर खानकी छोरी ‘हट’ फोटोले चर्चामा

                                                                                                                               बलिउड अभिनेता आमिर खानको छोरी इरा खान चर्चामा आउन अनेक काम गर्छिन् । उनको बुबा जस्तै उनी पनि चर्चामा आइरहन्छिन् ।केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् ।

पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।अहिले फेरि उनले लगाएको एउटा कपडाले उनलाई चर्चामा ल्याएको छ । फ्यानहरुले उनको तस्विरलाई अत्याधिक गाली गरिरहेका छन् ।इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।

आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.