Fast Nepal News
Before Breaking News

नायिका आना ढकालको अभिनय रहेको “फुल काँडा ” सार्वजनिक

काठमाडौँ। गायक मानसराज र गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीतकाे भिडियो सार्वजनिक गरिएको छ। ‘फूल काँडा’ बोलको गीतको म्युजिक  भिडियो लामो समय नेपालमा कलाकारिता र सञ्चारकर्ममीकाेे रूपमा काम  गर्द्दै आएका  राजु अर्यालले निर्देशन गरेका छन्  ।

अर्यालकै शब्द रहेको गीतमा संगीत मानसराजको रहेको छ । आना ढकाल, सुरज पौडेल,उत्सव भट्टराई र राजन कुँवरले भिडियोमा अभिनय गरेका छन् । प्रदर्शनको क्रममा रहेको चलचित्र ‘लप्पन छप्पन २’ बाट चलचित्रमा डेब्यु गर्न लागेकी आना ढकालको यस अघि अरु भिडियो पनि सार्वजनिक भईसकेका छन्। जितेन न्यौपाने र सागर तामाङले अस्ट्रेलियाका कलाकार सँगै अस्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरामा कैद गरेका छन् । भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.