Fast Nepal News
Before Breaking News

बैकुण्ठ अधिकारीको स्वरमा “बाटो भन तिम्रो गाउँको….”सार्वजनिक (भिडियो सहित)

बैकुण्ठ अधिकारीको स्वरमा रहेको गीत “बाटो भन तिम्रो गाउँको…..” छन्दे च्यानलबाट सार्वजनिक भएको छ । गीतमा संगीत पनि स्वयम अधिकारीकै रहेको छ । यस गीतका गीतकार कपिल देव खनाल हुन् भने संगीत सम्योजन सैलेन्द्र बच्चाले गरेका छन् ।

KMS रेकडिङ्ग स्टुडियोमा रेकडिङ्ग गरिएको यस गीतमा क्यामरा म्यान हर्कमान वाईबा (रिदम) हुन् भने यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका छन् ।Evergreen World Wide Entertainment को ब्यानरमा निर्मित यस गीतको निर्दैशन भने गोपाल ढकाल “छन्दे” ले गरेका हुन् ।

गीतका शब्दमा मायाँ प्रेमका भाव झल्कन्छन् । गीतकारले प्रेमीकालाई बिश्वास दिलाउन वाचा कसम खान तयार रहेको कुरा ब्यक्त गरेका छन् । गायक अधिकारीले यस गीतबाट आफुले दर्शक श्रोताको मन जित्ने कुरामा बिश्वस्त रहेको बताएका छन् ।

 
थप समाचार
1 Comment

कमेन्ट गर्नुहोस

Your email address will not be published.