Fast Nepal News
Before Breaking News

रहेनन् गायक प्रेमध्वज प्रधान

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।‘सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।

८२ वर्षीय प्रधानको पाँच वर्ष अघि ‘हेमाटोमा’को शल्यक्रिया गरिएको थियो। उनलाई कोरोना भएको आशंका गरिएको कवि सायमीले जनाएका छन्। वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्। प्रकाशका अनुसार गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् । निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.