Fast Nepal News
Before Breaking News

मृगौला प्रत्यारोपण गर्ने पैसा नहुँदा अस्ताए क्रिकेटर कुन्दन सिंह

दुवै मिर्गौला फेल भएका क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन भएको छ। प्रदेश २ को तर्फबाट राष्ट्रियस्तरको यु-१९ क्रिकेट प्रतियोगिता खेलेका कुन्दनको निधन भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए।

२४ वर्षीय कुन्दन विगत लामो समयदेखि मिर्गौलाको उपचार गराउँदै आएका थिए। महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मिर्गौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.