Fast Nepal News
Before Breaking News

आईपिएल फाईनल आज :दिल्ली भर्सेस मुम्बई

२५कार्तिक। भानुभक्त ढकाल ।आईपिएल इतिहासमा पहिलो पटक फाईनल प्रवेश गरेको दिल्ली बलियो टिम मुम्बई इन्डियनसंग आज ७:४५(नेपाली समय)मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडिएम,दुबईमा भिड्दै छ । मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ गरि ४ पटक आईपीएलको उपाधी आफ्नो पोल्टामा पारिसकेको छ । २०१० मा भने चेन्नाईसंग फाइनलमा मुम्बई पराजित भएको थियो।लयमा देखिएको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सले आईपीएलको पाँचौ पटक उपाधि जित्न कुनै कसर बाकी राख्ने छैन।

रोहित शर्मा कप्तानीको टिमले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले सहजै पराजित गर्दै आईपीएल १३ को फाइनल प्रवेश गरेको थियो।दिल्ली र मुम्बई अहिलेसम्म २७ पटक आमनेसामने हुँदा मुम्बईले १५ पटक जित हात पारेको छ भने दिल्लीले १२ पटक।२०२० को आईपिएलमा मुम्बईले दिल्ली विरुद्धका लिग स्टेजका सबै खेल जितेको छ भने क्वालिफाएरमा पनि दिल्लीलाई नै पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो।मुम्बईले ४ वटा आईपीएल उपाधि जित्नु पछाडीको प्रमुख कारण मध्यको एक बलिंग आक्रमण पनि हो।

टिमको पेस बलिंग दमदार छ। यो सिजन पनि जस्प्रित बुम्राह र ट्रेन्ट बोल्ट सबै टिमको लागि खतराको घन्टी सावित भएका छन् । दुवै पेसरले पावरप्ले र डेथ ओभरमा बिपक्षी टिमको ब्याट्सम्यानको सातो लिएका थिए। बुम्राहले २७ तथा बोल्टले २२ गरि दुवैले यो सिजन कुल ४९ विकेट आफ्नो नाम गरेका छन् जुन प्रतियोगिताकै कुनै पनि जोडीको सर्वाधिक विकेट हो। यस्तै टिमका स्पिनर राहुल चाहरले पनि आफुलाई अब्बल दर्जामै राखेका छन्।मुम्बईले ४ पटक आईपीएल उपाधि जितीसकेको छ जो दबाबमा राम्रो खेल्न सक्छ।

टिमसंग रोहित शर्मा, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह, काइरन पोलार्ड, हार्दिक पान्ड्या छन् भने अन्य सबै खेलाडीसंग फाइनलको अनुभव छ।मुम्बईसंग सधै मजबुत स्वदेशी खेलाडीहरुको समूह हुने गरेको छ जो टिमको सफलतामा प्रमुख साझेदार हुने गरेका छन्। यो वर्ष पनि रोहित शर्मा, जस्प्रित बुम्राह, पान्ड्या दाजुभाइ, सुर्यकुमार यादब, इशान किशनले टिमको लागि जिम्मेवारी राम्रोसंग निभाएका छन्। विदेशी खेलाडी ४ जना मात्र राख्न पाइने हुँदा टिमको सफलताको लागि बलियो भारतीय खेलाडीहरु हुनु जरुरि छ जसमा मुम्बई अघि रहेको छ।

दिल्लीमा कगिसो रबडा र नोर्ट्जे कडा र धारिलो बलिङ गर्न सक्ने बलरका रुपमा देखिएका छ्न् ।मार्कस स्टोईनिस र शिखर धवन आक्रामक सट खेल्दै सुरुवाती ओवरमा रन बटुल्न सक्छन् ।क्यापटेन आईएरको ब्याटिङ धर्मराएको छ। उनले यो सिजन उल्लेख्य रन बटुल्न सकेनन् ।पन्तले कति रन बटुल्न सक्छ्न् त्यसले पनि खेलको दिशा थाहा हुनेछ ।यदि दिल्लीले पहिलो पटक आईपिएलको उपाधी उचाल्न चाहन्छ भने ब्याटिङ,बलिङ र फिल्डिङमा कुनै गल्ती गर्नुहुदैन ।दिल्लिका कगिसो रबडा र मुम्बईका जस्पित बुम्राह”पर्पल क्याप”को रेसमा छ्न् ।

रबडाले यो सिजन २९ विकेट आफ्नो नाम पारिसकेका छ्न् भने बुम्राहले २७ ।आजको खेलले नै पर्पल क्याप कस्को नाममा जानेछ भन्ने टुंगो लगाउनेछ ।नेपाली इन्टरनेसनल बलर सन्दिप लामीछानेलाई दिल्लीले यो सिजन अहिले सम्म कुनै खेलमा मौका दिएको छैन् ।विश्लेषकहरुले खेल मुम्बईको पक्षमा जाने दाबी गरिरहदा,दिल्लीले थोरै पनि गल्ती गर्छ भने खेल सहजै गुमाउन पुग्नेछ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.