Fast Nepal News
Before Breaking News

बंगलादेशलाई हराउँदै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधी

दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो।

यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन।

नेपालका लागि संजोग राई र विशाल राईले गोल गरेका थिए। दुवै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा बांगलादेशले एक गोल फर्काएको थियो। तर, दुवै टीमबाट थप गोल नभएपछि नेपालले उपाधि जितेको हो।

नेपालका लागि १८औँ मिनेटमा संजोग राई र ४२औँ मिनेटमा विशाल राईले गोल गरेका थिए। बांगलादेशका लागि ८१औँ मिनेटमा महबुबुर रहमानले गोल फर्काए। खेलको म्यान अफ द म्याच संजोग राई भए। त्यस्तै मोस्ट भ्यालुएभल प्लेयर्स रोहित चन्द भए।

नेपालको राष्ट्रिय फूटबल टीमले १८ महीनापछि गोल गर्न सकेको हो। सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार सात खेलसम्म गोलविहीन भएकाे थियो। नेपालका लागि गोलको खडेरी संजोग राईले तोडेका थिए। उनले राष्ट्रिय टीमबाट डेब्यू गरेको दोस्रो खेलमा गोल गरेका हुन्।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.