Fast Nepal News
Before Breaking News

बगलादेश र नेपाल बिचको फाइनल खेल हेर्न ओली दशरथ रंगशाला जाने

Soccer Football - La Liga Santander - FC Barcelona v RCD Mallorca - Camp Nou, Barcelona, Spain - December 7, 2019 Barcelona's Lionel Messi celebrates scoring their fifth goal to complete his hat-trick REUTERS/Albert Gea

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन् । फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने छन्। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताए। यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.