Fast Nepal News
Before Breaking News

तान डोरी खेलकुद प्रतियोगितामा मन्थली नगरपालीका प्रथम(फाेटाे फिचर)

सुरज पौडेल
फागुन २९,रामेछाप ।रामेछापको मन्थली नगरपालिकाको जिल्ला समन्वय समितीको रंगशालामा तान डोरी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। खेलकुद बिकास समितिको आयोजनामा आज भएको उक्त खेल रामेछाप जिल्लामै पहिलो चोटि आयोजना गरिएको आयोजकको दाबी छ। प्रतियोगितामा रामेछाप जिल्लाका सबै स्थानीय तह( २ नगरपालिका र ६ गाउँपालिका)को सहभागिता रहेको थियो। उक्त खेलको उपाधी जित्न मन्थली नगरपालिका सफल भएको छ ।
प्रतियोगितालाई एक साहसिक एवम् पर्यटन प्रबर्द्धनको हेतुले आयोजना गरिएको कार्यक्रमका बिशिस्ट अतिथी प्रेम बहादुर खड्काले जानकारी गराएका छ्न् । प्रतियोगितामा नौलो भएकोले नगरभित्र बासिन्दाको उल्लेखनीय उपस्थित रहेको थियो ।प्रतियोगितामा प्रथमलाई नगद बीस हजार, मेडल र ट्रफि र दोश्रो हुनेलाई नगद पन्ध्र हजार ,मेडल र ट्रफि प्रदान गरिएको थियो।
प्रतियोगितामा प्रथम र द्वितीय हुने सहाभागी टिमलाई मात्र पुरस्कारको व्यवस्था गरिएको थियो।प्रतियोगितामा मन्थली नगरपालिका प्रथम तथा खाँडादेवी गाउपालीका द्वितीय भएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.