Fast Nepal News
Before Breaking News

भट्टी,मन्दिर र आर्यघाट – भानुभक्त ढकाल

भट्टी
हरेक साझ बाध्य हुन्छ बिलौना सुन्न
कसैले भोगेको पीडा सुन्न
सयौं मदन बिलौना गर्छ्न, छुट्टिएकी मुनाको कहानी सुनाउँदै
सयौं बेरोजगारका कथा
हराएका सपनाहरुको कथा
नेताले देश लुटेका कथा
हरेक साझ यस्तै कथा
हारेकाहरु/भागेकाहरु/लुटिएकाहरु
सबैका कथा व्यथा सुन्न बाध्य हुन्छ भट्टी

मन्दिर
सबेरै धाउछ्न एक हुल मान्छेहरु बिलौना गर्छन नपाएको जिन्दगीको
अप्राप्त खुशीको
टाउका लगेर जोत्छ्न मुर्तिमा अनि याचना गर्छ्न,” यो देउ,त्यो देउ”
निर्जीव पत्थर सुनिरहन्छ चीत्कार चुपचाप जो चुपचाप बसिरहेछ
उसैसंग बिलौना गर्छन अपेक्षा गर्छन
सपना/रहर र भाग्यको लेखाजोखा हुन्छ
हरेक बिहान ब्युझाउने चेष्टा गरिन्छ मुर्तिलाई
उ मौन बस्छ,तर मान्छेहरु अपेक्षा गर्छन्
उसले सुनोस,मेरो कुरा सुनोस।

 

आर्यघाट
जाने चुपचाप छ,अरु चीत्कार गर्छन्
मर्दा मान्छे सहानुभूति देखाउछ्न्
जानेलाई अपेक्षा छैन्
उसलाई गुनासो छैन,कुनै चिज प्रती
बाच्नेहरु चिच्याईरहेछ्न्
अन्तिम सत्य नै “आर्यघाट ”
हिजो भट्टीमा हुने पनि, मन्दिरमा हुने पनि एक दिन आर्यघाटमा हुनेछ्न्
जिवनको एक सत्य “मृत्यु ”

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.