Fast Nepal News
Before Breaking News

‘द भ्वाइस अफ नेपाल सिजन-३’ आजबाट सुरु हुँदै

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रबारबाट सुरु हुने भएको छ । अप्पो मोबाइलको प्रस्तुतिमा सुरु हुने गायन रियालिटी सो द भ्वाइस अफ नेपाल कार्यक्रम हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार प्रशारण हुनेछ ।

प्रतियोगिताका लागि पावर्ड बाइमा पल्सर र माइ सेकेण्ड टिचर, को–स्पोन्सरमा सिटी एक्स्प्रेस र लोटस, बैंकिङ पार्टनरमा सिभिल बैंक, हेल्दी स्किन केयर पार्टनरमा हिमालय, वेभरेज पार्टनरमा रियल, ग्रुमिङ पार्टनरमा जोय, फ्रेग्नान्स पार्टनरमा ओट्टागर्ल पर्फिम, भोटिङ पार्टनरमा प्रभु पेले साथ दिएका छन् ।

प्रतियोगिताको मार्केटिङको जिम्मा एस मिडिया एण्ड मार्केटिङ प्रालिले लिएको छ ।द भ्वाइस अफ नेपाल अन्तर्राष्ट्रिय टेलिभिजन गायनको नेपाली कार्यक्रम हो । कार्यक्रम निर्देशकको भूमिका लक्ष्मण पौडेल छन् भने कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा रहेका छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.