Fast Nepal News
Before Breaking News

देशभर थपिए १ सय ४२ संक्रमित

नेपालमा कोरोना भाइरसका १४२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८१ हजार ६६५ वटा पीसीआर परीक्षण भइसकेको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.