Fast Nepal News
Before Breaking News

३५४१ को पिसिआर गर्दा संक्रमितको संख्या २३२

२३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा पिसिआर गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको छ। पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ। संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९९४ पुगेको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.