Fast Nepal News
Before Breaking News

थपिए ३ सय २ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ५४५ स्वाबको पीसीआर परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ३५ हजार ३०१ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । जसमध्ये २ लाख ६३ हजार ३४८ जनाले कोरोना जितेका छन् । शुक्रबार थप ४८० जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.