Fast Nepal News
Before Breaking News

देशभर थपिए ४ सय ३ कोरोना संक्रमित

नेपालमा देशभर थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ५ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।

हाल ४४ सय २६ जना आइसोलेसनमा रहँदा २३१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २ लाख दुई हजार २४ वटा पिसिआर परिक्षण गरिएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.