भारत सरकारले दुई सयदेखि २ सय ९५ भारतीय रुपैयाँमा कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। भारतको केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले सो जानकारी दिएका हुन्।
भारतमा कोभिसिल्ड र कोभाक्सिनले आपतकालिन अवस्थामा प्रयोग गर्ने अनुमति पाएको छ।
भारतीय पत्रिका टाइम्सअफ इन्डियामा प्रकाशित समाचार अनुसार कोरोनाको खोप लगाउन सुरु गर्दा ५४ लाख ७२ हजार भ्याक्सिन उपलब्ध हुनेछ। उनले जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने समेत बताए।
उनले एक लाख १० हजार वटा कोभिसिल्डको खोप तयार हुने र त्यसको मूल्य प्रतिखोप २ सय भारतीय रुपैंया पर्ने र ५५ लाख कोभिक्सन खोप २ सय ९५ रुपैंयामा तयार हुने बताएका छन्।
उनले जनवरी १४ मा शतप्रतिशत खोप उपलब्ध हुने जानकारी दिएको टाइम्सअफइन्डियाले जानकारी दिएको छ।
नेपालले छिमेकी देशमा कोरोना खोप लगाउन सुरु भएपछि नेपालमा समेत खोप आउने दाबी गर्दै आएको छ। नेपालले पनि भारतले प्रयोग गर्न लागेको दुवै खोप नेपाल भित्र्याउने तयारी गरेको जानकारी दिएको छ। तर नेपालमा सो खोप कति मूल्यमा उपलब्ध हुने अहिलेसम्म सार्वजनिक गरेको छैन।
भारतमा उपलब्ध हुने मूल्य हेर्ने हो भने अधिकतम ५ सय देखी आठ सय रुपैंयामा खोप पाउन सकिने देखिन्छ। भारतीय एक सयको नेपाली मूल्य एक सय ६० हो । दुई सय मूल्यमा पाउँदा नेपालमा तीन सय २० पर्छ। तीन सय मूल्यलाई आधार बनाउने हो भने। ३ सय ८० हो। यसमा ढुवानी खर्च जोड्दा पनि पाँच सय माथि जाने देखिन्न।