२६ मङ्सिर,काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
