Fast Nepal News
Before Breaking News

पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१० मंसिर । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् ।

देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.