Fast Nepal News
Before Breaking News

निःशुल्क काेराेना परिक्षणका लागि आइतबारदेखि स्वाब संकलन गर्द

काठमाडौँ,६ मंसिर। काठमाडौँ महानगरपालिकाले आइतबारदेखि निःशुल्क कोरोना भाइरस काभिड १९ पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। सरकारले तोकेका मापदण्डभित्र पर्ने व्यक्तिको निःशुल्क पिसिआर टेस्ट गर्न स्वाब संकलन कार्यलाई फेरि सुरु गर्न लागिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले बतायका छन्।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आइतबारदेखि पुनः स्वाब संकलन सुरु गर्न लागिएको उल्लेख गरेका हुन्। यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको छ।

का म पाा ले परीक्षणको दायरा अली फराकिलो बनाउने तयारीका साथै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यको आग्रह छ।
अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताए।

 

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.