Fast Nepal News
Before Breaking News

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्र अपडेट गरेको तथ्यांकअनुसार देशभर ८ हजार १ सय ४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको कूल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार ३ सय २३ जना निको भएका छन्। योसमेत संक्रमणमुक्त हुनेको कूल संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ।

यस्तै कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ३ सय ५ पुगेको मन्त्रालयले जनाएको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.