Fast Nepal News
Before Breaking News

२ सय ४६ मा नयाँ कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शुक्रबार २४६ जनामा संक्रमण भएको जनाएको छ। सो अवधिमा मन्त्रालयले ७ हजार ८३६ जनाको नमूना परीक्षण गरेको थियो। परीक्षणको क्रममा ६ हजार ४ सयको पीसीआर र १ हजार ४३६ को एन्टीजेन परीक्षण गरिएको थियो।

सो अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा हाल ६ हजार ९ सय २१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.