Fast Nepal News
Before Breaking News

२४ घन्टामा नेपालमा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको निधन

काठमाडौँ,१८ श्रावण । गत २४ घन्टामा नेपालमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियको छ।

कूल १३ हजार ८ सय ११ जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्पष्ट पार्दै मन्त्रालयले सो अवधिमा १ हजार ९ सय २५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएको समेत जानकारी गराएको छ।

त्यस्तै सोही अवधिमा २३ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.