Fast Nepal News
Before Breaking News

कोरोना संक्रमणबाट एक जना प्रहरी असईको मृत्यु

असार ३ । महोत्तरीमा कोरोना संक्रमणबाट एक जना प्रहरी असईको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादेशिक अस्पतालमा रिफर गरिएको र त्यहाँ नै उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बता ‘जानकी हेल्थकेयरबाट प्रादेशिक अस्पतालमा रिफर गरिएको हामीलाई रिपोर्टिङ भएको छ,’ एसपी आचार्यले भने। यद्यपि परिवारजनले जनकपुरधामस्थित रामजानकी अस्पतालमा मृत्यु भएको जनाएका छन्।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.