Fast Nepal News
Before Breaking News

अरुको उपचार गर्दागर्दै आफै रहिनन अनिशा

नेपालगन्ज । पहिलो चरणको कोरोना महामारीका बेला उहाँ गर्भवती हुनुन्थ्यो । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उहाँले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गर्नुभयो । गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाड्नुभयो । स्वस्थ छोरीलाई जन्म दिनुभएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क हुनुन्थ्यो । सु’त्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती जानुभयो ।

वहाँ वलीको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ ।‘तुल्सीपुरले घोराही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भन्नुभयो, ‘समयमै उपचार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गुमाउनुपर्यो ।’

विनय सवारीचालक हुनुहुन्छ। आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६र७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अचानक पत्नी गु’माउनुपर्दा विनय स्तब्ध हुनुहुन्छ । नेपालगन्जमा सोमबारै पत्नीको दाहसंस्कार सकेर उहाँ तीन महिनाकी छोरी स्याहार्न दाङ फर्कनुभएको छ ।

उहाँ आफैं पनि संक्रमित हुनुहुन्छ । छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उहाँले बताउनुभयो । अनिशाले गत फागुनमा छोरीलाई जन्म दिनुभएको हो । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो । केही दिनपछि उहाँकी आमालाई पनि संक्रमण देखियो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.