२२असोज,भानुभक्त ढकाल
सपना रोचक र खोज योग्य विषय हो।निदाएको समयमा मानिसको दिमागमा आउने विचार,भावना , सम्झना र चाहनाहरुको दृश्यात्मक शृङ्खला नै सपना हो।निन्द्रामा दिमाग सक्रिय हुन्छ र ब्युझेकै क्रियाकलाप गर्छ ।तपाईलाई निन्द्राको दुनियाबाट बाहिर आएर वास्तविक जिवनमै क्रियाकलाप गरिरहेको भान हुन्छ।एकथरी मनोविदहरु निन्द्रा सत्यताको प्रतिनिधिझहो भन्ने धारणा राख्दछ्न् भने अर्का थरी यस्तो धारणालाई रुढीबादी धारणा बताउछन् ।
जब तपाई सपनाको दुनियाँमा हुनुहुन्छ,तपाई दिमागमा काल्पनिक घटनाहरुको शृङ्खला महशुस गर्नुहुन्छ।सपनामाथी हाम्रो नियन्त्रण हुदैन् ।हामीले आफुले चाहे अनुसारको सपना देख्न सक्दैनौ।यो स्वतस्फूर्त हुन्छ।यो एक प्रकृया हो।सपनाले विपनाको प्रतिनिधित्व गर्दछ भन्ने कुरा धर्मग्रन्थहरुमा उल्लेख छ।मनोवैज्ञानिकहरुको लामो खोज र अनुसन्धानका बावजुद पनि सपना किन देखिन्छरुझभन्ने प्रश्नको चित्तबुझ्दो जवाफ छैन।समग्रमा,सपनाको विषयमा प्रतिपादित सिद्धान्तहरुले सपना देख्नुका पछाडि केही निश्चित सम्झनाहरु,भावनाहरु,लुकिराखेका (दबाईएका) चाहनाहरु र मनका भयले कुनै न कुनै रुपमा काम गर्ने बताउँछन् ।
सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रालाई सामान्यतया जागृत, सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको ज्यो।प।घनश्याम पोखरेलको भनाई छ।
ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना, शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ। ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । सपना देखेको समय तिथि मिति अनि देख्ने व्यक्तिको शारिरिक मानसिक अवस्थाले सपना पुरा हुने नहुने बताउन सकिन्छ । बिरामी, मानसिक तनाव, शोकको अवस्था र दिनमा देखेको सपनाको कुनै अर्थ राख्दैन। जन्मकुण्डलीको बिस्तृत अध्ययन गरेर सपनाको फल बताउन सकिन्छ । रातिलाई चार प्रहरमा भाग गर्दा पहिलो प्रहरको सपनाको फल एक वर्ष, दोस्रो प्रहरको सपनाको फल आठ महिना, तेस्रो प्रहरको फल एक महिना र बिहान व्रह्ममूहुर्तको र सुर्योदयभन्दा पूर्वको सपनाको फल त्यहि दिन देखी दस दिनसम्म पुरा हुन सक्दछ ।
शुक्लपक्ष षष्ठी, सप्तमी, अष्टमी र नवमी अनि कृष्ण पक्षको चतुर्दशीमा देखेको सपनाको फल छिटो प्राप्त हुन्छ । पूर्णीमामा देखेको सपनाको फल अवस्य प्राप्त हुन्छ। शुक्ल पक्षको द्वितीया, तृतीया अनि कृष्ण पक्षको अष्टमी र नवमीमा देखेको सपनाको फल उल्टो प्राप्त हुन्छ । शुक्ल पक्षको प्रतिपदा अनि कृष्ण पक्षको द्वितीया तिथिको फल ढिलो प्राप्त हुन्छ । शुक्ल पक्षको चतुर्थी अनि पंचमीमा देखेको सपनाको फल दुई महीना देखि दुई वर्ष सम्म पुरा हुन्छ ।ज्यो।प।पोखरेलका अनुसार सपनामा के देख्दा के प्राप्त हुन्छ,जानौ।भगवान शिव सपनामा देखिनु विपत्तिको नाश, देवी देखिएमा रोगबाट मुक्ति र सरस्वती सपनामा देखिनुभए ज्ञानमा वृद्धि हुन्छ ।
डाक्टर देखे रोग बढ्ने, अतिथी आएको देखे राम्रा खबर सुन्न पाईने, हुलाकी देखे नयाँ खबर आउन सक्ने, पुजारी देखे उन्नति हुन्न सक्ने, भिखारी देखे राम्रो समयको सुरुवात हुन सक्ने , विधुवानारी देखे हानी हुन सक्ने , जवान केटी देखे विवाहको योग बन्नसक्छ । गुरु देखे सफलता प्राप्ति मिल्दछ भने साधुसन्त देखे राम्रो समयको थालनी हुन सक्छ । साना नानी देखे सन्तान प्राप्ति हुन सक्ने र आफ्नै आमालाई सपनामा देखे सम्मान मिल्दछ ।
शिशुचलेको देखे, हराएको वा लुकेको धन प्राप्ति हुने, दिदीवहिनी देखे पारीवारिक सुख मिल्नेछ भने दाजु भाई देखे नयाँ साथी मिल्ने सम्भावना हुन्छ र कन्या देखिएमा धनागम हुन सक्नेछ । पान खाएको देखे प्रेम प्राप्ति हुने, अन्डा खाएको देखे पुत्र प्राप्ति हुनसक्छ । हरियो तरकारी देखे धन प्राप्त, झण्डा देखे धार्मिक आस्था बढ्छ भने तलाऊ, समुद्र देखे इज्जत पाईन्छ । मासु देखे आकस्मिक धनलाभ, आफुले मिठाई खाएको देखे आयु बढ्ने,
दाँत झरेको देखे भाइबहिनीमा सङ्कट, नङ काटेको देखे रोगबाट मुक्ति, कसैको अङ्ग काटिएको देखे सन्तान प्राप्ति हुन्छ भने आफ्नै अंग काटिएको देखे आँसु आउने चिन्ता बढ्ने, घर बनाएको देखे भविष्यमा आउने सङ्कट निराकरण , स्टेशन देखे सुखद् यात्रा, खाली पसल देखे अशुभ, भरी पसल देखे धन प्राप्ति, हुलाक देखिए काममा प्रगति भने बलेको दियो देखे आफ्नो आयु बढ्नेछ । धुँवा देखे रोगले ग्रस्त, आगो देखिए रोकिएको धन प्राप्त, आगोमा आफ्नो अङ्ग जलेको देखे ब्यापारमा हानी भने हामीले आगो समातेको देखे अनावस्यक खर्च बढ्ने, आफु हाँसेको देखे बादविवाद भने रोएको देखे सुखद् समाचार सुन्न पाईन्छ ।
बच्चा रोएको देखे आफुलाई समस्या पर्न सक्छ धातुहरुमा यदि चाँदी देखे धन लाभ, सुन देखिए नराम्रो र तामा देखे गोप्य कुरा पत्ता लाग्ने, फलाम देखे दुर्घटनाको सङ्केत, पित्तल देखे शत्रुहरुमाथि पराजितको सङ्केत, स्टिल देखे वास्तविक रहस्य पत्ता लाग्ने, रेल देखे कष्टकर यात्रा, प्लेन देखे यात्राको सम्भावना, साइकल देखे सिद्धि प्राप्त, पानीजहाज देखे लामो यात्राको सङ्केत र रत्नहरू देखिएमा पदमा उन्नति प्रगति हुने, थुक देखिएमा समस्यामा हुनु, हिलोको दलदल देखे चिन्ता बढ्नु, कैची देखे बादविवाद बढ्नु, चिम्टी देखे समस्या बढ्ने, कोइला देख्नु अनावस्यक समस्यामा पर्नु, जाल देखे मुद्दामा पर्नु, बरफ देख्नु आफै बिरामी पर्नु, छुरी देखे संकटको प्रतिक मान्न सकिन्छ । लट्टी देखे आराम मिल्न सक्छ ।
सपनामा यदि जनावर देखे त्यसले पनि पृथक अर्थ राख्दछ । हात्ती देखे सन्तान प्राप्ति, बिरालो देखे घरमा चोरी, घोडामाथी चढेको देखे सफलता प्राप्त हुने अविवाहित व्यक्तिले गाई देखे सुयोग्य पति अथवा पत्नी को प्राप्ति, भैसी देखे शोकमा पर्नु हो । बाघमाथि चढेको देखे विजय हुनु, गाई आएको देखे घरमा धन सम्पत्तीमा वृद्धि, गाईका बाच्छा बाच्छी देखे सन्तान प्राप्ति, स्याल देख्नु नराम्रो, कुकुर देखे साथी भाइसङ्ग भेटघाट, भालु देखे सुखद् समाचार सुन्न पाईनु, माछा देख्नु राम्रो, चरा रोएको देखे कङ्गाल र दरिद्रताको प्रतिक, सुगा भाग्यमको सूचक हो । छेपारो देखे घरमा चोरी, सेतो सर्प देखे धन प्राप्ति, उल्लु देखे धनहानी, नीलो गाई देखे भौतिक चिजमा प्रगति, अरिङ्गाल देखे ब्यापारमा हानी, बिच्छी देखे मान र इज्जत बढ्ने, भैंसीले दुध दिएको देखे मिष्ठान्न भोजन, बिरालो देखे धनमा हानी, बिरालोको झगडा देखे साथिहरुसङ्ग झगडा, खच्चड र कमिला देखे समस्यामा पर्नु हो ।
आफुले सानो जुत्ता लगाएको देखे झगडा, नारीहरुले आँखामा गाजल लगाएको देखे शारीरिक समस्या, पहाड हल्लिएको देखे कोही बिरामी हुन सक्नेछ । ठुलो पहाडबाट खसेको देखे समस्या आउन सक्नेछ भने रुखबाट खसेको देखे बिरामी पर्न सकिन्छ ।अदालत देखे विवादमा पर्न सकिन्छ । धनुष चलाएको देखे इच्छापूर्ति, वाँसुरी बजाएको देखे चिन्ता बढ्ने, खानाको थाल देखे धन हानी, कपाल फिँजाएको देखे सङ्कटमा परिन्छ।
राम्रो फल दिने सपना देखियो भने सुत्नु हुदैन । बिहानै उठेर गौमाताको दर्शन गर्ने अनि तुलसीमठमा गएर विष्णु भगवानलाई सम्झिएर तुलसी अर्पण गरेमा त्यो अवस्य पनि पुरा हुन सक्दछ । राम्रा सपना देख्नको लागि हाम्रो जीवनशैली परिवर्तन गरेर मन प्रशन्न बनाउँदै राती सुत्नु पूर्व शिव, विष्णु, गणेश आदि भगवानको स्मरण गर्ने, धार्मिक तिर्थस्थल अनि फलफूल आदिको कल्पना गरि योगनिन्द्राको अभ्यास गर्दा शुभ फलदिने राम्रा सपनाहरू हामीले देख्न सकिन्छ ।त्यसैले मन प्रफुल्ल राख्ने र सकारात्मक सोच राख्ने बानिको विकास गरौ।