Fast Nepal News
Before Breaking News

चिप्लनेहरु ………भानुभक्त ढकाल

चिप्लनेहरु ………भानुभक्त ढकाल

१ श्रावण ,२०७७ भानुभक्त ढकाल Roger Rosenblatt ले आफ्नो निबन्ध “Oops! How’s That Again?” मा जिब्रो चिप्लनुलाई “केराको बोक्रामा चिप्लनु जस्तै हो ” भनेका छन् ।कहिलेकाही गलत उच्चारणले समाजमा वक्तालाई ठूलो असर पर्न जाने र मजाकको शिकार बन्ने डर रहने बताएका छन् । एउटा कुरा बोल्न खोज्दा अर्को कुरा बोलिए पछि अर्को अर्थ लाग्ने र त्यस्ले बबन्डर मच्चाउने कुरा उनले उल्लेख गरेका छन् ।

भन्न खोजेको कुरा र भनिएको कुरामा तालमेल बिग्रदा नराम्रो सङ्ग चिप्लिईन्छ भन्ने कुरा तलका केही घटनाहरुले प्रस्ट्याउछ्न्। नेपाल र भारतको सिमा विवाद चर्किरहेको बेला नायिका बर्षा राउतको एउटा भिडियो बाहिर आयो जसमा राउतले यो विवादले आफुलाई निकै अप्ठ्यारो पारेको र आफ्ना ईन्डियन साथीसङ्ग मुख देखाउन गाह्रो परेको कुरा उल्लेख गरेकी थिईन।भिडियो बाहिर आउन साथ सबै उनको विरुद्धमा खनिए, उनी ट्रोलको शिकार बनिन ।अन्ततोगत्वा: उनले माफी मागिन ।

रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुबेदिले अर्कि नायिका पुजा शर्मालाई निकै अप्ठ्यारोमा पारे।सुबेदिले नायिकालाई नेपालमा कति जिल्ला र अञ्चल छन् भनेर सोधे। त्यति मात्र होईन, २/४ वटा मन्त्रालयका मन्त्रीको पनि नाम सोधे पछि पुजा शर्मा अक्क न बक्क परिन।पुजा शर्मालाई आफ्नै देशको भुगोल र सञ्चार मन्त्रीको बारेमा समेत नाम थाहा नभएको भन्दै फेसबुक र युटुबमा समेत नराम्रो सङ्ग उडाईयो ।शर्माको हकमा “जिब्रो चिप्लनु” भन्दा पनि “सामान्य ज्ञानको कमि”ले अहम् भुमिका खेल्यो ।

रजतपटमै दिपा श्री निरौलाले नायक राजेश हमाललाई कुन आधारमा महानायक भन्ने भनेर कार्यक्रम संचालकलाई प्रतिप्रश्न गरिन । जब कार्यक्रम प्रशारण भयो,दिपा श्रीलाई गालिको ओईरो लाग्यो । पछि उनले घुमाउरो पाराले माफी मागिन । रजतपटकै एक शृङ्खलामा राजेन्द्र खड्की बहुत अप्ठ्यारोमा परे । जब कार्यक्रम संचालकले “प्रकाश सुवेदी पागल हो” भनेर राजेन्द्र खड्कीले नै बोलेको भिडियो देखाए, एकछिन त खड्की रुनु न हास्नु भए तर पछि उनले “रचनात्मक काम गर्ने हरेक मान्छे आफ्नो काममा डुबेर काम गर्ने एक प्रकारको पागल हो” भन्ने विचार राख्दै सुरक्षित अवतरण गरे ।

हालसालै प्रसारित ऋषि धमलाको कार्यक्रम ” जनता जान्न चाहन्छ”को एक शृङ्खलामा गायक दुर्गेश थापालाई जब नारायण गोपालको गित गाउन भनियो, उनले भक्तराज आचार्यको “मुटु जलिरहेछ…” र जब यम बरालको गित गाउन भन्दा रामकृष्ण ढकालको “ओराली लागेको…” गित गाए तब उनी नराम्रो सङ्ग ट्रोलको शिकार बन्न पुगे । माथिका कलाकर्मी Rosenblatt ले भनेझै जिब्रो चिप्ल्याउदा केराको बोक्रामा चिप्लिएझै नराम्रो सङ्ग चिप्लिए ।बोल्दा बिचार गरेर बोल्नुपर्छ अन्यथा समस्यामा फसिन्छ भन्ने कुरा उल्लेखित घटनाहरुले बताउछ्न। चल्तिको नेपाली उखान नै छ नि” बस्न पाए भनेर थचक्कै नबस्नु, बोल्न पाए भनेर प्याच्चै नबोल्नु”।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.