तार्केश्वर नगरपालिका बस्ने एक युवतीले छोराले मात्र दागबत्ती दिनुपर्छ भन्ने कथनलाई तोडेकी छ्न्। गुल्मी जिल्ला स्थायी घर भई हाल तारकेश्वर नगरपालिका वडा न- २ बस्ने ममता भण्डारीले आफ्नो बुबा चन्द्रकान्त भण्डारीकाे मृत्यु भएपछि दागबत्ती दिएकी हुन।
लामाे समयदेखि मेरुदण्ड भाँचिएर थला परेका चन्द्रकान्तको यहि मिति २०७७ फागुन ५ गते निधन भएकाे थियाे । भाइ पढाईकाे सिलसिलामा बाहिर रहेका हुँदा छाेरी ममताले दागबत्ती दिएकी हुन्।
मृतकका परिवारको आर्थिक अवस्था कमजाेर रहेको छ । मृतकका दुई छोरी,एक छोरा र श्रीमती छ्न् । मृतककी एक छोरी भने शारीरिक रुपमा असक्षम छिन् ।