Fast Nepal News
Before Breaking News

विधार्थीले आफ्ना शिक्षकलाई गुरुदक्षिणा स्वरुप घर दिए

जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उनले भने, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।”कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहेका कर्ण अहिलेसम्म डेरामा थिए । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उनमा खुसीको सीमा छैन ।

उनले भने, “यो उपहार मेरा लागि अमूल्य छ ।”२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहेका कर्णले अवकाश लिए पनि उनलाई विद्यालयले भने छाडेन । पुनः उनलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो । आजीवन शिक्षण पेसा अवलम्बन गरेका कर्ण सरले अहिले विद्यालय त छोडे तर पूर्वविद्यार्थीको मनबाट भने उनी बाहिरिन सकेनन् । फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाए । पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.