‘दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,’ स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने। स्थानीय समयअनुसार दिउँसो ३ बजेर ३० मिनेट जादाँ दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो।
देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ। सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ।