Fast Nepal News
Before Breaking News

संसद बैठकको बहाना बनाउँदै ओली बाहिरिएपछि स्थगित भयो नेकपाको स्थायी कमिटि बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक एक घण्टा बसेर स्थगित भएको हो ।

बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेपछि बैठक स्थगित भएको हो । संसदको महत्वपूर्ण वैठकहरुमा समेत उपस्थिति नहुने प्रधानमन्त्री ओली सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्नैको लागि बहाना बनाउँदै स्थायी कमिटी बैठक छाडी हिँडेको एक सदस्यले बताए । ओली बाहिरिएसँगै अन्य केहि नेता पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । हिजोको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरेपछि आज ओलीले बिहान बालुवाटारमा आफू निकटका नेतासँग परामर्श गरेका थिए । परामर्शपछि स्थायी कमिटी बैठकमा सहभागी भएका ओली बैठकबाट बाहिरिएको केहि समयमै स्थायी कमिटी बैठक स्थगित भएको हो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.