Fast Nepal News
Before Breaking News

पार्किङ शुल्क उठाएकोमा पोखरामा बिरोध

पोखरा । पोखरा महानगरपालिका भित्रको पार्किङ शुल्क व्यवस्थापनको ठेक्का प्रक्रियामा विरोध प्रर्दशन भएको छ । जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले सोमबार पोखरा महानगरपालिका अगाडि विरोध प्रर्दशन गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।अभियानले पार्किङ शुल्क मनोमानी ढंगमामा उठाएको अव्यवहारिक रहेको विज्ञप्तिमा उल्लेख छ ।अभियानले तत्कालै अव्यवहारिक ठेक्का प्रक्रियालाई खारेज गर्न माग समेत गरेको छ । प्रर्दशन तथा कास्की जिल्लाका संयोजक नारायण हरि तिवारीले व्यवस्थित पार्किङको अभाव हुँदा मनोमानी ढंगबाट ठेक्का प्रक्रिया सुरु गरेर शुल्क उठाउन नमिल्ने बताएका छन् । उनले नागरिकले पार्किङको शुल्क बुझाइसकेपछि उनीहरुले पाउने सुविधाको ग्यारेन्टी दिन जरुरी रहेको बताए ।अभियानको ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख मानबहादुर जिसीले यस विसयमा महानगरको ध्यानाकर्षण भएको जानकारी दिएका छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.