काठमाडौं । सन्तोष साह बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ टप ३ मा पुगेका छन् ।नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी सो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको मास्टर सेफको टप ३ भित्र परेका हुन् ।उनले उक्त प्रतियोगिताको यस चरणमा भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गोल्डडेन पुरी, गंगटाको करी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेर पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याजको परिकार पस्किएका थिए ।उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भोलि हुँदैछ । टप ३ बाट एक जनाले बीबीसी मास्टर सेफको टाइटल जित्न सफल हुनेछन् । उक्त प्रतियोगिता बीबीसीले गरेको हुनाले जित्नेले यति पुरस्कार पाउने भनेर तोकिएको हुँदैन । शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन् ।बिहीबारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पस्केका थिए । यसका साथै उनले स्पाइसी सोयाबिन क्रम्ब्स, पुदिनाको पराठा, बोन म्यारो ससलगायतका खानाले निर्णायकहरुको मन जिते ।नेपाली खानालाई विश्वसामू चिनाउन पाउँदा र चर्चित सेफको टेबलमा पस्कन पाउँदा म निकै गर्व महसुस गर्छु । नेपाली खानाले आफ्नो अस्तित्व पाएकोमा असाध्यै उत्साहित छु । अब म हाम्रो उत्कृष्ट कुजिन र संस्कृतिको संसारभरी फैलावटका लागि यसलाई आफ्नो मिसन नै बनाउनेछु ।’सन्तोषले यसअघिको शोमा नेपालको हिमाली क्षेत्रको खानाको रूपमा बन तरूल सँगै पोलेको कटहर र काक्रोको बियाँ, स्याउको चटनीलगायतका परिकार बनाएका थिए । साथै, गत साताको सेमिफाइनलमा सन्तोषले नेपालको योमरी परिकारको परिष्कृत रूप प्रस्तुत गरेका थिए।
