Fast Nepal News
Before Breaking News

मौसम पुर्वानुमान महाशाखाको आगामी ३ दिनको मौसम अनुमान

मौसम पुर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिनको मौसम अनुमान यस्तो छ।

मंसिर २९ गते(सोमबार)

दिउँसो : प्रदेश नं १ लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १ लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।मंसिर३०गते(मंगलबार)

दिउँसो : प्रदेश नं १ लगायत देशको अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १, लुम्बिनी प्रदेश र बागमती प्रदेशलगायत देशको अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

पुस १ गते(बुधबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : तराईका अधिकांश भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.