काठमाडौंको नैकापस्थित ढुङ्गे अड्डामा भयानक दुर्घटना भएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी मुकेश सिंहका अनुसार घटनामा एक जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएका छन्।
परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ट्रक अनियन्त्रित भइ ट्याक्सीलाई ठक्कर दिएको थियो। पछि पुनः ट्याक्सी दुई मोटरसाइकल, बसमा पनि ठक्कर दिएको छ। घाइतेको उपचारको लागि अस्पताल पठाइएको छ भने उद्दार जारी रहेको प्रवक्ता विष्टले बताए । घटनाको अनुसन्धान भइरहेको र पुर्ण विवरण आउन समय लाग्ने बताइएको छ।