Fast Nepal News
Before Breaking News

लेबनान बम बिष्फोट: १३७ को मृत्यु ,५००० भन्दा बढी घाइते

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ भने पाँच हजार भन्दा बढि घाईते भएका छ्न् ।सयौको संख्यामा वेपत्ता भएको र यो संख्या अझै बढ्न सक्ने लेबनानी स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छ्न् ।करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा विस्फोट भएको थियो।यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।
लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताउनुभएको थियो ।लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति हो भन्नुभएको छ। उहाँले यस विषयको अनुसन्धान शुरु भइसकेको ,अनुसन्धान २७५० मेट्रिक टनको विष्फोटक एमोनियम नाइट्रेटमा केन्द्रित रहने र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताउनुभएको छ ।
उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने छ र उनीहरुलाई उम्किन दिइने छैन भन्नुभएको छ ।गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो । यस विष्फोटमा ४ जना बङ्गलादेशी मारिएको र ८० जना घाईते भएको बङ्गलादेशी परराष्ट्रमन्त्रीले अलजजिरालाई बताएका छन् ।लेबनानमा झन्डै १,५०,००० बङ्गलादेसका नागरिकहरुको बसोबास छ।
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.