Fast Nepal News
Before Breaking News

आज साउन १५: खिर खाने दिन

नेपाली समाजमा खीर खाएर मनाइँदै आएको पर्व हो साउन १५ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहदै आएको हो। साउने झरीमा तातो खीरले यसै पनि स्वास्थ्यलाई राम्रो गर्दछ।

दूधमा काजु,बदाम,किसमिस,चिनी लगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.