Fast Nepal News
Before Breaking News

मानसिक तनाव: किन हुन्छ?कसरी व्यवस्थापन गर्ने? – भानुभक्त ढकाल

business, people, paperwork and deadline concept - stressed businessman with papers and charts sitting at table in office

भानुभक्त ढकाल

कोरोना महामारी संगै व्यापार व्यवसाय ठप्प भएको अवस्थामा भोलि कसरी अगाडि बढ्ने भन्ने प्रश्न जो कोहिको मनमा आउन सक्छ।भोलिको लागि सोच्नु राम्रो भए पनि त्यही कुरामा अनावश्यक तवरले अल्झिदा तनाव बढ्न सक्छ।त्यो तपाईमा निहित रहन्छ कि यी कुरालाई तपाई कसरी सहजीकरण /सरलीकरण गर्नुहुन्छ।मानिसका चाहना असिमित हुन्छन् र आफ्ना चाहना पूरा नहुदा मानिसमा तनावको अवस्था सृजना हुन सक्दछ।मानसिक तनाव बढ्दै जादा डिप्रेशनमा परिणत हुन्छ।

गृहिणीहरुलाई घरायसी साना-साना कुराहरुले पनि तनाव उत्पन्न हुन सक्छ।तरकारीमा नुन बढी हुँदा , दिनभर घरमा एक्लै बस्नु पर्दा, बच्चाका कपडा नभेट्दा वा अन्य कुनै सानातिना व्यवहारिक कुराहरुले सहजै तनाव सृजना गर्न सक्छन् ।बढ्दो शहरीकरण संगै मानिसका बढ्दो असिमित ईच्छा चाहनाले पनि तनाव बढाउन सहयोगी भुमिका खेल्छ।प्रतिस्पर्धात्मक शहरी जीवन भन्दा ग्रामीण जीवन केही सहज र सरल हुन्छ ।कसै कसैलाई फलानोले यत्रो घर बनायो,यति पैसा कमायो ,फलानोको छोरा अमेरिका छ आदि इत्यादी कुराहरुले हिनभावना ल्याउन सक्छ र अन्ततः त्यो मानसिक तनावको रुपमा विकसित हुन सक्छ।मानिस आफ्नो वास्तविक अवस्थामा सन्तुष्ट हुने हो भने तनावको अवस्था आउदैन। चलचित्रमा देखे जस्तो रमझम वास्तविक जिवनमा हुदैन भन्ने कुराको हेक्का हुनुपर्छ।

तनाव लिने/ नलिने व्यक्तिको व्यक्तिगत कौशलता हो। अझ सिधा अर्थमा भन्दा मानसिक रुपले तपाई कति बलियो हुनुन्छ भन्ने कुराले यसमा अहम भुमिका खेल्दछ।जिवन जिउने कला सबैको आ-आफ्नो हुन्छ र तपाई जिवनमा आईलाग्ने झिनामसिना समस्याहरुलाई कसरी पार गर्नुहुन्छ भन्ने कुराले त्यसमा भुमिका खेल्दछ।दैनिक जिवनका स-साना घटना,स-साना तनाव र चिन्ताले मानिसलाई दिर्घरोगी बनाउन सक्दछ।मानिसको शरीरमा चिन्ता,पीर, खुसी ,सकारात्मक र नकारात्मक भावना सबैले शरीरका कोषिकामा असर पार्ने मनोबैज्ञानिकहरु बताउछन् ।वास्तवमा मानिसको मनमा भएका सकारात्मक र नकारात्मक दुबै कुराहरु उसको अनुहारमा स्पष्ट देख्न सकिन्छ।यसको कारण भने शरीरभित्र हुने आन्तरिक प्रक्रिया भएको डा.अरुणा उप्रेतीको कथन छ।

नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदिप पाण्डेका अनुसार मानसिक तनावका कारण मानसिक तनावका कारण डिप्रेसन,निराशापन,एन्जाइटिक,डिसअर्डर ,छ्टपटिको समस्या,अनिन्द्रा जस्ता रोग लाग्न सक्छ। तनावमा मानिसहरुले अधिक रक्सी पिउने,गाजा तान्ने र विभिन्न किसिमका ड्रग्स समेत प्रयोग गर्न पुग्छन् ।दिक्क लाग्ने ,नरमाइलो लाग्ने,निराशा उत्पन्न हुने,छटपटी बढ्ने,अत्यास लाग्ने,ढुकढुकी बढ्ने,डर लाग्ने,पेट पोल्ने,”स्ट्रेस”का कारण ग्याष्ट्रिक समेत हुने गर्दछ।मानसिक तनावका लक्षणलाई शारीरिक र मानसिक गरि दुई भागमा विभाजन गर्न सकिन्छ ।शारीरिक लक्षणमा उच्च रक्तचाप ,नाडी/ श्वासको गति बढ्ने,अजिर्ण,टाउको दुख्नु,शारीरिक थकान, निन्द्राको अभाव,भोक नलाग्ने,शरिरको तौल घट्दै जानू,रोग प्रतिरक्षात्मक क्षमताको कमी जस्ता लक्षण पर्दछ्न् ।

मानसिक तनावका लक्षणमा मानसिक असन्तुलन ,बेचैनी ,आत्मविश्वास /आत्मसम्मानको कमी,नकारात्मक सोच,भय,चिन्ता,आफुलाई कमजोर ठान्नु,अरुसंग राम्रो सम्बन्ध कायम गर्न नसक्नु,समायोजनको कमी आदि पर्दछ्न् । सकारात्मक दृष्टिकोणको अभाव,परनिर्भरता,स्वार्थ र अंहकारको भावना,भगवान प्रती श्रद्धा एवम् विश्वासको कमी ,आत्मसम्मान एवम् आत्मविश्वासको कमीले मानसिक तनाव बढाउन मद्दत गर्दछ। गीत सुन्ने , पुस्तकको अध्ययन र चित्रकलामा ध्यान दिने, मर्निङ वाक जाने, साथीभाइ र आफन्तसंग कुराकानी गर्ने,व्यायाम गर्ने, मनपर्ने खाना खाने,पूरा निन्द्रा सुत्ने गर्नाले पनि मानसिक तनावलाई कम गर्न सकिन्छ।मानसिक तनाव फोहोर लुगा जस्तै हो । लुगा फोहोर हुनासाथ तपाई सफा गर्नुहुन्छ । त्यसरी नै मनमा भएका फोहोर विकार फ्याकेर स्वस्थ जीवन बाँच्नुस ।जीवन सरल छ,यसलाई जटिल बनाउन तिर नलाग्नुस्

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.