नेपाल विद्युत प्राधिकरणले बेला बेलामा बत्ती गएपनि लोडसेसडिङ गर्नुपर्ने बेला नआएको बताएको छ। प्राधिकरणले विभिन्न कारणले छोटो समयको लागि विद्युत आपूर्ति बन्द भए पनि लोडसेडिङ गर्नुपर्ने बेला भने नआएको जनाएको हो।
अहिले नेपालको उत्पादनले मात्रै माग धान्न नसकेर भारतबाट समेत विद्युत आयात गरिएकोले माग र आपूर्ति बराबरी रहेकोले लोडसेडिङ नभएको र भविष्यमा पनि नहुने प्राधिकरणले जनाएको छ।