Fast Nepal News
Before Breaking News

आज र भोलि राजधानीमा विधुत कटौती हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणको वेबसाइट एनइएडटओआरजीडटएनपीमा जारी गरेको सूचना अनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेक्रर जडान गर्न आज बिहान ७ बजेदेखि १० बजेसम्म र भोलि दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

सो सबस्टेसनबाट विस्तारित बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडरहरू सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति ग्राहकसँग क्षमा मागेको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.