Fast Nepal News
Before Breaking News

काठमाडौं उपत्यकामा भोलिदेखी जोर-बिजोर प्रणाली हट्दै

कोरोनाको जोखिम बढ्न सक्ने भन्दै उपत्यकामा सवारीसाधनमा लागू हुँदै आएको जोर-बिजोर प्रणाली अन्ततः हट्ने भएको छ।भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो।जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.