Fast Nepal News
Before Breaking News

ग्रीन लाईफको आईपीओ छिट्टै आउँदै

हिजो मात्र आईपीओ निष्कासनको अनुमती पाएको ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर निष्कासन गर्ने भएको छ ।

सो कम्पनीले १ अर्व ८० करोड भन्दा धेरैको शेयर निष्कासन गर्ने अुनमती मागेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरहरूमध्ये बिक्री नभएका १६ हजार ९६ हजार ४ सय कित्ता शेयर गरी जम्मा ३४ हजार ९६ हजार ४ सय कित्ता साधारण शेयर ९सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि निष्कासन गर्न धितोपत्र बोर्डले माघ २ गते, शुक्रबार अनुमति प्रदान गरिसकेको छ ।

ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सम्पुर्ण प्रक्रिया पुरा हुँदा माघको तेस्रो साता सम्मका शेयर निष्कासन गर्न सक्ने विक्री प्रबन्धकले आर्थिक सन्देशलाई जानकारी दिएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.