Fast Nepal News
Before Breaking News

घट्यो सुनको मुल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ९१ हजार ८ सय रूपैयाँ तोकिएको छापावाल सुन शुक्रबार (आज) ९२ हजार ९ सय रूपैयाँ कायम भएको छ। हिजोको तुलनामा भने आज २ सयले सुनको मूल्य घटेको हो।

यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेको छ। साताको कारोबारको पहिलो दिन आइतबार तेजाबी सुन तोलाको ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको थियो। साताको कारोबारको अन्तिम दिन शुक्रबार उक्त सुन प्रतितोला ९२ हजार ४ सय पुगेको छ।

गत आइतबार तोलाको १ हजार २ सय ३० रूपैयाँ कायम भएको चाँदी आज १ हजार २ सय ६० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.