नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलाको ९२ हजार रूपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन सोही दरमा बढेर प्रतितोला ९२ हजार रूपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य तोलाको ९१ हजार ५ सय रूपैयाँ तोकिएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँ बढेर १ हजार २ सय ६० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।